Logo

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन कांग्रेस लागेको छ : सुजाता कोइराला (भिडियोसहित)



काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति नेपाल आउँदा आफू निकै खुशी भएको बताएकी छिन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ कोइरालाले सीलाई नेपाल भ्रमणमा देख्न पाउँदा आफू निकै हर्षित रहेको स्पष्ट पारिन् ।

सीलाई नेपाली जनताले ठूलो सम्मानका साथ भव्य स्वागत गरेको पनि उनको भनाई छ । चीनसँग नेपालले सहयोग लिँदा नेपालको लागि राम्रो हुने उनको तर्क छ । चीनको प्रविधि र लगानी नेपालमा कुन ठाउँमा उपयोग गर्ने र कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेबारे सरकारले छलफल गरेको उनको भनाई छ । सीको भ्रमणलाई सफल बनाउनको लागि नेपाली कांग्रेसपनि लागेको कोइरालाले बताईन् । उनले भनिन्,‘कांग्रेस पनि खुशी छ । कांग्रेस भनेको ठूलो पार्टी हो । सीको नेपाल भ्रमणबारे देशभरिका कांग्रेस नेता तथा कार्यकर्ताहरुको साथ र समर्थन छ ।’



प्रतिक्रिया दिनुहोस्