Logo

बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन्- राष्ट्रपति भण्डारी



काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने बताएकी छिन् । उनले बीआरआईबाट नेपाल र नेपालीले लाभ लिनसक्ने विश्वास समेत व्यक्त गरिन् ।

चीनको पिपल्स डेल्लीलाई विशेष अन्तवार्ता दिदै भण्डारीले भनिन्, ‘उचित ढंगले बीआरआईको कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुन सक्छन् ।’ भण्डारीको आशय बीआरआईले नेपालले मात्र नभई दक्षिण एशियाका अन्य देशहरुले पनि लिनसक्छन् भन्ने हो । बीआरआईमा भारत सहभागी नभएको र हस्ताक्षर समेत नगरेको सन्दर्भमा राष्ट्रपति भण्डारीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेको उल्लेख गर्दै दुई देशले हिमायलपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको प्रस्ताव अगाडि बढाइएको बताइन् । चीनका राष्ट्रपति सी जिनपिङको बीआरआई नीतिका कारण संसारभर उचाई बढेको बताइन् । उनले चीनको विकासको खुलेर प्रशंशा समेत गरिन् ।

चीनले शान्तिपूर्ण सहअस्तित्व, सहयोग र अहस्तक्षेपकारी सिद्धान्तलाई अंगिकार गरेकोमा प्रशंशा गरिन् । दुवै देशबीच विश्वासको सम्बन्ध रहको उनको भनाई थियो । एक चीन नीतिमा नेपालको प्रतिवद्धता रहेको भन्दै जनता जनताबीचको सम्बन्ध र सहभागितामा जोड दिइन् ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्