Logo

चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको भेटवार्ता सम्पन्न, के कुरा भयो ?



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणका लागि हिजो (शनिबार) नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुसँग सामूहिक भेटवार्ता सम्पन्न भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालय सदस्हरुसँग सीले सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।त्यस्ते, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको हालै काठमाडौंमा भएको भाईचारा सम्बन्धको बारेमा पनि चिनियाँ राष्ट्रपति सीले खुलेर प्रशंसा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्