Logo

सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्षमा बलायर



कैलाली, २६ असोज : सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा धनबहादुर बलायर पुनः चयन हुनुभएको छ । शुक्रबारदेखि धनगढीमा शुरु भएको समाजको दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनले अध्यक्षमा शनिबार बलायरलाई सर्वसम्मत चयन गरेको हो । समितिको संरक्षकमा डा भरतबहादुर नेगीलाई चयन गरिएको छ ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा ईश्वर रोकाय, प्रथम उपाध्यक्षमा शारदा शाह, उपाध्यक्षमा रामचन्द्र ओझा, महासचिवमा दिलेन्द्रप्रसाद जोशी, सचिवमा उमेश जोशी र कोषाध्यक्षमा भुवनप्रकाश भट्ट चयन हुनुभएको छ भने समितिको गल्फ संयोजकमा हर्कबहादुर भण्डारी चयन हुनुभएको छ । मोहनबहादुर रावत, रामप्रसाद जैशी र प्रकाश नायक केन्द्रीय सदस्यमा चयन भएका छन् ।

भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका विषयमा छलफल गरिएको निवर्तमान महासचिव अमृत शाहीले बताए । समितिमा विश्वका करीब ४० भन्दा बढी राष्ट्रमा रहेका सुदूरपश्चिमेली युवाहरु आवद्ध रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्