Logo

नेकपाका नेताहरुलाई चिनियाँ राष्ट्रपतिले के सन्देश दिए ?



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीचको भेटवार्तामा सीले नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ त्यसका लागि बधाई दिएका छन् ।

भेटमा सहभागी नेकपाका एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार सीले चीन सधैं नेपालको साथमा रहने पनि विश्वास दिलाएका थिए । सीले दुई देशबीचको सम्बन्ध राम्रो रहेको सुनाउँदै यसलाई अझ सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । त्यस्तै, उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्