Logo

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांस वितरण गर्ने



काठमाडौं, २६ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले चुक्ता पुँजीको १६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। बैंकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांस वितरण गर्ने भएको हो। शुक्रबार पोखराको होटल ग्राण्डमा सम्पन्न २१औँं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले जानकारी दिए ।

बैंकले गत आर्थिक वर्ष १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ ।

१४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्