Logo

आदिनाथ मेला शुरु



काठमाडौँ, २६ असोज  : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख र शान्ति हुनाका साथै ठूलाठूला रोगव्याधिबाट मुक्त होइने विश्वासका साथ मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट भक्तजनको सहभागिता हुने गर्दछ ।

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रुपमा स्थापित उक्त मन्दिरमा नर र नारीको आकार प्रतिविम्बित भएको मूर्ति छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनेको आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने गर्दछन् । परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बित भएकाले आदिनाथ भनिएको हो ।

विसं २०७२ को भूकम्पका कारण मन्दिरमा क्षति भई जोखिम बढेपछि पुरातत्व विभागले करीब रु दुई करोडको लागतमा हालै मन्दिर जीर्णोद्धार गरेको छ । एक्काइस वर्ग फिटमा फैलिएको प्यागोडाशैलीबको उक्त मन्दिरमा गजुरसहित साततल्ले छानो निर्माण गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । रासस



प्रतिक्रिया दिनुहोस्