Logo

अब अरुबाट सहयोग लिएर होइन आफै बनाउनुपर्छ- पूर्वमन्त्री दिपक खड्का



काठमाडौं, २६ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले देशलाई आत्मनिर्भर बनाएर विकासमा आफै सक्षम हुनेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

चिनियाँ राष्ट्रपतिले नेपालको विकास चीन साझेदार बन्छ भन्नुभएको छ, तपाईंलाई के लाग्छ ?
सर्वप्रथम त २३ पछि हाम्रो छिमेकी मुलुक, त्यसमा पनि आर्थिक हिसावले अत्यन्तै तीब्रगतिमा अगाडि बढेको मुलुकका राष्ट्रपति नेपाल आउनु आपैmमा गौरवको विषय हो । सदीऔंदेखि रहँदै आएको सम्बन्धलाई अझ प्रगाढ बनाउनँछ भन्ने हो । हाम्रा दुईवटा शक्तिसम्पन्न छिमेकी मुलुक छन्, चीन र भारत । दुवैसँग आर्थिक, सामाजिक, राजनीतिक हिसाबले सम्बन्ध रहनु, शीर्षस्थ नेताहरुको आवतजाओत हुनु आपैmमा गौरवको विषय हो । यी कारणले नेपालीहरुले यस्ता सम्बन्धहरुलाई प्रगाढ राख्नुपर्छ, भ्रमणलाई स्वागत गर्नुपर्छ ।
चीनका राष्ट्रपतिले त नेपाललाई जुनसुकै विकासमा हामी सघाउँछौं भन्नुभएको छ नि ?
यसमा सहयोग लिने र दिने विषयमा, लिन पनि सक्नुपर्छ, दिन पनि सक्नुपर्छ । दुई देशबीचमा आपसी सहयोग गर्नुराम्रो विषय हो । तर, हामीले सबै विषयमा सहयोग आउँछ भनेर ढुक्क परेर बस्नु आपैmमा गल्ती हुन सक्छ । हामीले हाम्रो क्षमता अभिबृद्धिको कुरा गर्नुपर्छ । सहयोग लिइसकेपछि त्यसको सदुपयोग र निरन्तरताको कुरा गर्नपर्छ । कस्तो खालको सहयोग लिने भनेर पहिचान गर्नुपर्छ । अहिले केही सहयोगको आदनप्रदान हुने भनिएको छ । सानातिना कुरा सहयोग हुनु राम्रै कुरा हो । त्यसमा बाटोघाटो, सुरुङमार्ग, रेलमार्ग, जलविद्युत्, पर्यटनलगायत कुनै क्षेत्रमा वैदेशिक सहयोग लिनु अहिलेको आवश्यकता हो । नेपालको आफ्नै क्षमताका कारण पनि हामीले सहयोगको बढी आशा गरेका छौं । तर, सहयोग लिनुभन्दा पनि आफैले उत्पादन र निर्यातलाई बढाउनेतिर लाग्नुपर्छ । सहयोग गर्ने कुरामा चाइना, इण्डियालगायत अन्य राष्ट्रले गर्ने छँदैछन् । यसमा हामीले एउटा साझा नीति र रणनीति बनाउन जरुरी छ ।
चिनियाँ राष्ट्रपतिले त अब नेपाल भूपरिवेष्ठित राष्ट्र रहन्न भन्नुभएको छ नि ?
यो नेपालका लागि खुसीकै खबर हो । जसरी दक्षिणतिर नाकाहरु खोजिएका छन् । त्यसैगरी उत्तरी चीनपट्टिका नाकाहरु पनि खोल्नुपर्छ । त्यसमा किमाथांका–विराटनगरलगायत यस्ता महत्वपूर्ण धेरै नाकाहरु खोल्नसक्नु, व्यापार बढाउन सक्नु, निर्यात, आयात गर्न सक्नुमा हाम्रा उपलब्धी हुन् । यी लगानी गराउन सक्नु उपलब्धीको कुरा हो । तर, लगानीको मोडालिटी हुनुपर्छ । कस्तो खालको लगानी लिने, भन्नेमा राष्ट्रिय नीति हुनुपर्छ । यहाँ ठूला–ठूला आयोजनाहरुको कुरा हुन थालेको छ । नेपाल सानो र गरीव हुँदाहुँदै पनि स्वतन्त्र, सार्वभौम मुलुक भएका कारणले हामीले सम्बन्धहरुलाई प्रगाढ राख्दै गर्दा उहाँहरुसँग बढो सुझबुझका साथ व्यवहार गर्न आवश्यक छ । जस्तै सिल्क रोडका कुरा, वनबेल्ट वनरोड, इण्डोप्यासेफिकलगायतका कुरा सुनिएको छ । त्यसकारण यस्तो परियोजनाहरु सञ्चालन गर्दैगर्दा ठूला राष्ट्रहरुको आफ्नै स्वार्थ रहन्छ । ती स्वार्थमा हामी कति सजग छौं । ती स्वार्थहरु पूर्ति भयो कि भएन ? त्यो स्वार्थका कारणले भोलि अप्ठ्योमा पर्छौं कि । हाम्रो सम्बन्धमा ओझेल पर्ने हो कि भन्ने कुरामा पनि हामी सजग हुनुपर्छ । त्यसकारण मैले राष्ट्रिय नीति भनेको हो । यहाँ जुन दलको सरकार आएपनि, जुन व्यवस्था रहेपनि ‘चीन नीति’ नीति भनेका छौं, त्यो हाम्रो राष्ट्रिय नीति हो ।
तर, उहाँले बढी नाकाहरु खोलेर सम्पर्क सञ्जाल निर्माण गर्नेछौं भन्नुभएको छ नि ?
हो, यस्ता विषयहरुमा हामी सजग भएर गर्नुपर्छ । त्यसले हाम्रो राष्ट्रको स्वार्थ पूर्तिभयो कि भएन ? हामी सुरक्षित छौं कि छैनौं भन्ने विषयमा सोचेर सहयोगको आदनप्रदान गर्नुपर्छ । सहयोग लिँदै गर्दा ऋणतिर हामी लाग्नुहुँदैन । नेपाली दृष्टिकोणले छलफल गरौं, जसले उहाँहरुलाई पनि सहयोग होस् । यो भयो भने यसको स्थायित्व रहन्छ । हामी एकतर्फी सहयोग लिन्छौं त्यसको सही सदुपयोग हुँदैन, भोलि बिग्रिएला, भत्किएला अथवा भनेकोजस्तो निर्माणका काम नहोला त्यस्ता विषयमा ध्यान दिनुपर्छ । जस्तो पहिला पनि ठूला–ठूला परियोजनाहरु सुरु गरेका छौं । ती अहिले पनि अलपत्र अवस्था छन् । हाम्रो आफ्नो क्षमता नभएकाले अरु भरपर्नुपरेको छ । जस्तो मेलम्चि खानेपानी परियोजना नेपालको ठूलो परियोजना हो । त्यो आजपनि अलपत्रकै अवस्थामा छ । अहिले हामी राजनीति स्थायित्वतिर आइसकेका छौं । अब हामीले समृद्ध मुलुक बनाउनुछ । त्यसैले हामीले बढो सजग भएर सहयोगको आदनप्रदान गर्नुपर्छ । हामीसँग क्षमतालाई अभिबृद्धि गर्ने कुरातिर बढी ध्यान दिनुआवश्यक छ । अहिले तत्काल देखिने सहयोगहरु छन् । सहयोगहरु लिँदैगर्दा त्यो निस्वार्थ हुनुप¥यो । त्यो मुलुकको राष्ट्रिय हितमा हुनुप¥यो । हामीले स्वाभिमानी नेपाल पनि भनेका छौं । त्यसैले यस्ता कुरामा सजग हुनुपर्छ । यो चीनसँगको मात्रै होइन, भारतसँग सहयोगको याचना गर्दा पनि यस्तो कुरामा सजग हुनुपर्छ ।
केरुङ–काठमाडौं रेल ल्याउँदा कुन मोडालिटीमा जाने ?
रेल ल्याउन यसको आर्थिक पाटो के ? भोलिका दिनमा त्यो सदुपयोग हुन सक्छ कि सक्दैन ? । जस्तो सुरुङमार्गका कुराहरु पनि भएका छन् । त्यो अझ बढी लाभदायिक छ कि ?
सुरुङमार्गको लागि हिजो चीनका राष्ट्रपतिले ५६ अर्ब सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ नि ?
त्यसमा त सुरुङमार्ग, जलमार्ग, हवाईंमार्ग, अन्य सडक विस्तारमा पनि उहाँले जोड दिनुभएको छ । यस्ता कुरा गर्दा हुन्छ, यी स्वागतयोग्य कुरा हुन् । उहाँहरुले लगानी गरिरहँदा उहरुलाई पनि फाइदा हुन्छ भने त्यसको पनि कुरा गरौं । अर्को हामीले सहयोग लिइरहँदा त्यसबाट नतमस्क हुने स्थिति नहोस् भन्ने कुरा हो । शक्तिसम्पन्न मुलुकको राष्ट्रप्रमुख हाम्रो जस्तो देशमा आउनु अत्यन्तै स्वागतयोग्य कुरा हो । यसमा सबै नेपालीहरु खुशी छन् । हामीले विभिन्न देशहरुमा पनि हामीले देखेका छौं । सहयोग लिने, सहयोग दिने, ऋण लिने, दिने विषयमा धेरै देशहरु चिप्लिएको पनि पाएका छौं । हाम्रा देशका प्रधानमन्त्री, राष्ट्रपतिज्यूहरु र सम्बन्धित निकायका साथीहरुले यसलाई हाम्रो देशको परिस्थितिलाई हेरेर बढो सुझबुझका साथ उहाँहरुसँग सहयोगको आदानप्रदान गर्नुपर्छ भन्ने मात्रै मेरो भनाइ हो । यहाँ सुरुङमार्ग हुनुहुँदैन, रेल आउनुनुहुँदैन, सडक बन्नुहुँदैन, विकास हुनुहुँदैन भन्ने होइन । गर्नुपर्छ गर्दा व्यवस्थित ढंगले गरौं भन्ने मेरो आग्रह हो ।

File Photo



प्रतिक्रिया दिनुहोस्