Logo

२० घन्टाका लागि आएका चिनियाँ राष्ट्रपति २२ घन्टा नेपालमा



काठमाडौं, २६ असोज । २० घन्टा नेपालमा रहने भनिएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङ २२ घन्टा नेपालमा रहे । उनी सवार एयर चाइनाको विशेष विमान शनिबार अपरान्ह साँढे चार बजे अवतरण गरेकोमा आइतबार साँढे दुई बजेपछि उड्यो ।

अवतरणपछि निकै हतारमा देखिएका चिनियाँ राष्ट्रपति फर्कदा समय लगाए । उनको कारगेटको गति सुस्त थियो । बाटोमा स्वागतका लागि बसेकाहरुलाई हात हल्लाए ।

विमानस्थलमा विशिष्ट व्यक्तिहरुसँग पालैपालो विस्तारै हात मिलाउन पनि भ्याए । स्वागतका लागि विमानस्थलमा नेपाल र चीनको झण्डा बोकेर बसेका बालबालिकालाई हात हल्लाउँदै अगाडि बढे ।

नेपाली सेनाका जर्नेलहरुसँग पनि हात मिलाए । उनले बिदाईका लागि आएका विशिष्ट नेपाली अधिकारीहरुसँग पनि समय लगाएर हात मिलाउँदै बढेका थिए ।

यसअघि तय गरिएको समयभन्दा चिनियाँ राष्ट्रपति सी बढी समय नेपाल रहनुमा उनको व्यस्त भेटघाट पनि कारण बनेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अलावा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग बेग्ला बेग्लै भेटे ।



प्रतिक्रिया दिनुहोस्