Logo

रेल आउन पनि पहिले बाटो बन्नुपर्यो-महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्रमन्त्री



काठमाडौं, २६ असोज । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले रेल आउने विषयमा सहयोग हुने निश्चित भएको बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

हिजोको रात्रीभोजमा नेपाल र चीन दुवै देशका राष्ट्रपतिले के के भन्नुभयो ?
यसमा दुईदेशको सम्बन्धलाई उचाइमा पुु¥याउने विषयमा विचारहरु आदनप्रदान भए । नेपाली जनताको आकांक्षा गरीबीबाट उन्मुक्ति पाउने, यसको लागि शिक्षा, पर्यटन, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने आवश्यक रहेको नेपालीहरुको चाहना रहेको नेपालका राष्ट्रपतिबाट विचार व्यक्त भयो । त्यसैगरी चिनियाँ राष्ट्रपतिले ‘नेपालले अब भूपरिवेष्ठित होइन, भूजडित’ भन्ने वक्तव्य आयो, हामी त्यसमा सघाउँछौं पनि भन्नुभयो । त्योसँगसँगै पूर्वाधार विकासमा जोड दिनुभएको छ । हाम्रो अपेक्षा त्यही थियो । यसमा केरुङसँग जोडिएको दुईवटा टनेल पनि बनाउने, त्यसैगरी बाटोको स्तरोन्तति गर्ने, अरु नाकाहरु पनि खोल्ने, कृषिक्षेत्रमा पनि उहाँहरुको चासो बढेको छ । ती क्षेत्रमा उहाँहरुको टेक्नोलजी कत्तिको प्रयोग हुन्छ भनेर हामीले चासो राखेका छौं ।
केरुङ–काठमाडौं रेल तत्कालै नआउने भएको हो ?
यसमा रेल तत्काल आउने, नआउने भन्दा पनि रेल ल्याउने कुरामा त्यो कमिटमेन्ट पनि हो । त्यसमा उहाँले सघाउने कुरा पनि प्रकट गर्नुभएको छ । तर, उहाँले प्रष्ट भन्नुभएको छ । अहिले हामी यसको सम्भाव्यता अध्ययनको तयारीमा रहेका छौं । पहिला डीपीआर बनाएर सडकको स्तरोन्नति गर्ने, पछि रेलले लिंक गर्ने भन्ने छ ।
अहिले डीपीआर मात्रै हुनेभयो, तर रेल ल्याउने मोडालिटीबारेमा सहमति भएन ?
मोडालिटीको कुरा गर्दा पहिला त्यसको डीपीआर बन्नुप¥यो । डीपीआर बनिसकेपछि त्यसमा छलफल गरेर टुंगो गर्ने कुरा हो ।
तर, चिनियाँ राष्ट्रपतिले नेपालको रेललगायत सबै विकासका योजनामा हरसम्भव सहयोग रहने छ भन्नुभएको छ नि ?
त्यसो भन्दामा रेल नआउने होइन । रेल आउने कुरामा उहाँहरुको सहयोग हुनेभयो । यसको लागि पहिला डीपीआर बनाएर हाम्रो योजनाअनुसार अगाडि बढ्नुप¥यो नि । रेल उचाले ल्याउने होइन, गुडाएरै हो । त्यसकारण डीपीआरमा हामी रेल पखेर बस्नेहोइन । त्यो नआउँदासम्म सडकहरुको स्तरोन्नती गर्ने, लिंकलाई बढाउने, व्यापार बढाउने अनि रेलको पनि काम गर्दै जाने र त्यो ल्याउने भन्ने नै हो ।
तर, तपाईंहरुले भनेजस्तो तत्काल त रेल नआउने भयो नि ?
रेलको लिंक गर्ने उहाँले प्रष्ट पार्नेभएको छ । तत्काल भन्ने अवस्थै हुँदैन, त्यो प्रक्रियाबाट आउने हो । रेल आउने ल्याउने कमिट्मेन्ट यो वर्क आउटपछि हामीले गर्ने हो ।
चार किमि टोखा–छहरे सुरुङमार्ग चाहीं बन्ने भएको हो ?
हो, बन्ने भयो ।
बेत्रावती–स्याप्रुवेशी सुरुङमार्ग पनि बन्छ ?
त्यो पनि बन्ने भयो ।
सुरुङमार्ग चीनको ध्यान बढी भएको हो ?
त्यो हाम्रो पनि प्राथमिकता हो । छहरे–टोका ४ किमि चानचुन र अर्को बेत्रावतीदेखि स्याप्रुवेशीसम्मको टनेल बन्छ ।
दुई गरेर २० किमिको टनेल बन्छ हो ?
हो, यो दुईवटा टनेललाई प्राथमिकतामा राखेर सुरु गरिहाल्नेभयो । त्योसँगसँगै रेलको पनि फिजिबिलिटीको अध्ययन भएको छ । त्यो रिपोर्टको आधारमा डीपीआर तयार गरेर अगाडि बढ्ने कुरा भएको छ ।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि तपाईंहरु सबैले रेल ल्याउनुपर्छ भन्नेभएको थियो, अब यो टर्यो ?
टर्यो होइन, अब यो अगाडि बढ्यो ।
नेपाली जनतालाई हामीले सही सूचना दिनुपर्छ नि ?
एकदमै सही कुरा हो । यसले रेल नआउने होइन, ल्याउन र आउनको लागि निर्धक्क भएर अगाडि बढ्ने कुरा भएको छ ।
 रेल आउनलाई त पहिला बाटो बनाउनुपर्यो । फेरि हाम्रो भौगोलिक अवस्थाले गर्दा पनि त्यसमा समय त लागिहाल्छ नि । फेरि सि जिनपिङले के भन्नुभएको छ भने ‘हामी जे कुृरा भन्छौं, त्यसको योजना बनाऔं, जे योजना र चाहना राख्छौं, हामीले चीनको विकास पनि त्यसरी नै गरेको हो’, नेपालको विकास पनि त्यसरी नै गरौं ।
चिनियाँहरुले बनाएका कतिपय परियोजनाहरु अलपत्र पनि परेका छ नि ?
कतिपय ठाउँमा होलान्, हामीकोमा पनि चिनियाँ सहयोगमा आएका दुईचार कारणहरु होलान् । त्यसलाई हामीले कतैनकतै व्यवधान ग¥यौं होला । उहाँहरुको कम्पनीले कतिपय गर्नुपर्ने काम गरेन होला । तर, अहिले सि जिनपिङले जुन घोषणा नेपालमा गर्नुभएको छ । ती योजनाहरु त्यस्ता अल्झन्मा पर्दैनन्, भन्ने कुरा यसले बताउँछ ।
त्यसो भए २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुनै ठूलो हो ?
यो नेपालीहरुको गौरवको कुरा हो । उहाँहरुले सद्भाव र सहयोग गर्ने हो । त्यसको लागि वातावरण बनाउन उहाँहरुले सहयोग गर्ने हो । विकासका काम त हामीले गर्ने हो । त्यो हिसावले हामी लाग्नुपर्छ ।
अरु के के सहयोग हुने भएको छ ?
त्यो भन्दा बाहेक शिक्षा, कुषि, विद्युत्, कनेक्टिभिटीलगायतका योजनाहरुमा सहयोग गर्ने कुरा भएको छ ।
तर, चिनियाँ राष्ट्रपतिले त हिमालय रोडको सम्भाव्यता अध्ययन मात्र गर्ने भन्नुभयो नि ?
यसमा सडककै कुरा गर्दा हिमाली क्षेत्रमा धेरै उच्चाइबाट वारपार गरेर जानुपर्ने हुन्छ । कतिपय ठाउँमा हिउँपर्दा बाटो अवरुद्ध पनि हुख्छ । त्यसैले रेल ल्याउँदा पनि कपितय ठाउँमा सुरुङ बनाएर ल्याउनुपर्ने हो कि ? कतिपय ठाउँमा सर्फेनै गुढाएर ल्याउने हो कि त्यस्ता कुरा त डीपीआरमा गर्ने हो । त्यसले हिमालयको संरक्ष नेपाल र चीन भएर गरौं भन्नुभएको हो । यो हाम्रो पनि चाहना हो, त्यसैले यसमा सहमति भयो । अर्को जलवायु परिवर्तलाई कसरी सहज गर्ने भन्ने धारणा पनि उहाँहरुबाट आएको छ । टुरिजमको बारेमा उहाँले प्रस्ट भन्नुभएको छ । सी जिनपिन आएपछि चाइनिज टुरिष्टहरु बढ्छन् भनेका थियौं । उहाँले यसलाई अलाउड नै गरिदिनुभएको छ । भ्रमण वर्ष २०२० पनि सफल हुने र २०२२ विकसित राष्ट्रमा परिणत हुने हाम्रो जुन लक्ष्यथियो । त्यसलाई पनि सघाउने भन्ने कुरा आएका छन् । यी कंक्रिट कुरा हुन् ।
यसपालिको भ्रमणमा चीनका राष्ट्रसँग रेलमा सम्झौता हुन्छ भन्नुभएको थियो त्यो ट¥र्यो कि टरेन ?
रेल ल्याउने कुरामा चाहीं सम्झौता भयो । तर, प्रोजेक्टमा सम्झोता हुँदैन ।
रेल ल्याउने कुरा त पहिला पनि भएको थियो तर प्रोजेक्टमा किन सम्झौता भएन नि ?
यसमा कनेक्टिभिटीमा जोड दिइएको छ । तर, यसलाई क्याटागोरिकली यो अहिले, त्यो पछि भनेर तोकेर सम्झौता भएको छैन । यसमा रेल नआउने, गाडी मात्र चढ्ने भन्ने होइन । त्यसको लागि पूर्वाधार तयार गर्ने सहमति भयो भन्ने बुझ्नुपर्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्