Logo

दशैँ विसर्जन



भक्तपुर, २६ असोज : नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ राँगोलाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा ९माटोको घ्याम्पो० मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दशैँ विसर्जन भएको हो ।

त्यसैगरी दशैँको घटस्थापनाको दिन घरघरमा राखेको जमरा आज खोला तथा नदीमा लगि सेलाएर दशैँ विसर्जन गरिएको छ । दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको नवदुर्गा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । रासस



प्रतिक्रिया दिनुहोस्