Logo

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान



इस्लामावाद, २६ असोज  : पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेको छ ।अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न उहाँ त्यसतर्फ प्रस्थान गरेको हो ।त्यस क्षेत्रको शान्ति र सुरक्षा प्रबद्र्धनका लागि सहयोग गर्न उहाँको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री खानले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र राष्ट्रपति हसन रौहानीलाई भेट्नुहुने छ ।यही वर्ष उनि इरान दोस्रो पटक जानु भएको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री खान साउदी अरब जाने संभावना रहेको गत हप्ता बताएका थिए ।

छोटो पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री खान अरब जाने संकेत गरेपनि थप कुनै विवरण भने दिनु भएको थिएन ।त्यसअघि गत महिना प्रधानमन्त्री खानले पनि खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरबिया र अमेरिकाले आफूलाई आग्रह गरेको बताएको छ ।

गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पुर्याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो । तर इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको थियो ।

गत अगस्टमा अमेरिकाले ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टरको अदालतले अस्वीकार गरेको थियो । जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानको समेत सम्बन्ध बिग्रेको थियो । जसको प्रतिक्रियास्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्