Logo

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु



नान्जीङ, २६ असोज : चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ ।घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्