Logo

चिनियाँ राष्ट्रपति नेपाल आउँदा ६२ पक्राउ



काठमाडौं, २६ असोज । चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । उनको भ्रमणको सिलसिलामा विभिन्न गलत गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले २२ घण्टाको अवधिमा ६२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये २२ जनालाई प्रहरीले हिजै रिहाई गरिसकेको छ।

तिब्बतियन भेषमा सीको विरोधमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये केहीलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्