Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल कि असफल ? बाबुरामको यस्तो दाबी



काठमाडौं, २६ असोज । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको दाबी गरेका छन् । सीको भ्रमणलगत्तै काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्,”छिमेकी मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण आज सम्पन्न भएको छ । यो अत्यन्तै महत्वपूर्ण भ्रमण थियो । यसको निम्ति म चिनियाँ सरकार र नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । बधाई दिन चाहन्छु । यो भ्रमण मूलतः सफल नै रह्यो । तर, सफलताको परिभाषा हामीले कसरी गर्नुपर्छ भने हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामाले के ल्याईदिए ? के/कति मिठाई दिए ? कति दक्षिणा दिए ? भन्नेजस्ता सोच हामीले राख्नुहुँदैन् । मित्रराष्ट्रहरुसँग सम्बन्ध भनेको एउटा राजनीति र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ । चीन सदैव हाम्रो मित्रराष्ट्र रहँदै आएको छ । खास समस्या छैनन् । त्यसअर्थमा यो भ्रमण राम्रो रह्यो । सुखद रह्यो भन्ने मलाई लाग्छ ।”



प्रतिक्रिया दिनुहोस्