Logo

रोशनी शाहीलाई दबाब दिएर प्रहरीमा जर्बजस्ती निवेदन दिन लगाइएको हो ?



काठमाडौं, २६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले जर्बजस्ती गरेको भनिएकी रोशनी शाहीले एकपछि अर्को बयान र भनाई फेर्दा महरा प्रकरण झनु रहस्यमयी बन्दै गएको । रोशनी आफैले १२ असोजको साँझ महराले आफूमाथि जर्बजस्ती गरेको भनी १३ असोजमा मिडियालाई अन्तवार्ता दिएकी थिइन् ।

तर, भोलिपल्ट बयान बदल्दै गएर महरा निर्दोष भएको बताएकी थिइन् । उनले यसो भनिरहँदा १७ असोजमा प्रहरीमा महराविरुद्ध किटानी जाहेरी समेत दिइन् । १९ असोजको साँझ सभामुखको बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका महरा हिरासतमा राखिए । उनी अस्पताल पुगेको दिन नै रोशनीको फरक बनाइ आएको छ ।

२४ असोजमा पत्रकारहरुलाई सम्बोधन गर्दै रोशनीले हस्तलिखित पत्रमा आफूलाई जर्बजस्ती महराविरुद्ध निवेदन दर्ता गर्न लगाएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘प्रहरी वृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करीब नौं घन्टा सम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर कृष्ण बहादुर महराले करणी प्रयास गरेको जाहेरी निवेदन दर्ता गर्न लगाइएको हो ।’

आफ्नो शारीरिक अवस्थाको फाइदा उठाउँदै आफू एक्लै हुँदा जर्बजस्ती कोठामा अन्तवार्ता लिइएको दाबी गरेकी छिन् । उनले महरा निर्दोष भएको जिकिर समेत गरेकी छिन् ।

रोशनी शाहीमाथि जर्बजस्तीको आरोपपछि सभामुखबाट राजीनामा दिन वाध्य पारिएका महरालाई किटानी जाहेरीपछि प्रहरीले पक्राउ गरेको थियो । तर, रोशीनको एकपछि अर्को भनाई आउन थालेपछि घटनाको अनुसन्धान र अदालत प्रक्रिया समेत निकै कठिन हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्