Logo

सी जिनपिङसँग विदेश भ्रमणमा किन कम हिड्छिन् चिनियाँ प्रथम महिला पेङ



जब सी जिनपिङ राजनीतिक करिअर बनाउँदै थिए तब पेङ लिउयान कला र गलाले चिनियाँमाझ लोकप्रीय भइसकेकी थिइन् । चीनकी लोकप्रीय लोकगायिका पेङ ‘सोप्रारनो’ गायिकाका रुपमा पनि चिनिन्छिन् ।

चिनियाँ नयाँ वर्षमा उनी हरेक वर्ष गीत गाउँछिन् । उनी विगतमा धेरैवटा गायन प्रतियोगितामा सहभागी भई विजेता पनि बनेकी थिइन् । उनको गीत चीनको दूरदराजको गाउँसम्म लोकप्रीय छ ।

सैन्य तालिम समेत लिएकी उनी देशभक्तिका गीत गाउँछिन् । तियानमेङ चोकमा चिनियाँ सेनाले गरेको भनिएको हिंसात्मक कदमको पक्षमा गीत गायको भन्दै आलोचित भइन् । कोकिल कन्ठी पेङको पोशाकको सधै चर्चा चलिरहन्छ । उनी विवकै सबैभन्दा बढी पोशाककी सौखिनमा पर्दछिन् ।

पेङ विगतका चिनियाँ नेताका पत्नीभन्दा भिन्न छिन् । उनी अमेरिकाको प्रथम महिला जसरी पति सीसँग सँगै विदेश भ्रमण गछिन् । विगतमा चिनियाँ राष्ट्रपतिकी पत्नी विदेश भ्रमणमा खासै देखिदैनथिए । पेङ भने राष्ट्रपति सीको सत्तारोहणपछि प्रथम चिनियाँ महिलाका रुपमा विदेश भ्रमणमा पनि गइन् ।

तर, गायनमा व्यस्तत सी कमैमात्र विदेश भ्रमण गछिन् । पछिल्लो समय सीले पत्नी पेङलाई लिएर कमैमात्र विदेश भ्रमण गर्छन् । उनी नेपालमा पनि पत्नी लिएर आएनन् । नेपाल भ्रमण अघि भारतमा पति पत्नी लगेनन् ।

पेङ सामाजिक कार्यमा समेत सहभागी छिन् । उनलाई यसकारण पनि चीनभित्र व्यस्त हुनुपर्ने अवस्था छ । सेलिब्रिटी समेत भइसकेकी उनी चीनभित्र नरम शक्तिको संचय गर्नेगरी भूमिका खेलिरहेकी छिन् । उनी गीत संगित र कलाका माध्यमबाट चीनमा देशभक्त र एकताको भावना जगाइरहेकी छिन् ।

चीनमा सेलिब्रिटी उनी निकै व्यस्त छिन् । उनी जहाँ जान्छिन् त्यहाँ सी को भन्दा बढी चर्चा हुन्छ । त्यसैले पनि उनी पतिसँगको विदेश भ्रमणमा कमैमात्र जान्छिन् । एजेन्सीको सहयोगमा Photo Source: NPR



प्रतिक्रिया दिनुहोस्