Logo

नेपालबाट चिनियाँ राष्ट्रपतिले दिए ‘शरीर कुल्चने’ र ‘हड्डी तोड्ने’ अवस्था आउनसक्ने चेतावनी



नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी दिएका छन् । हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका हुन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपतिको कडा चेतावनी प्रसारण गरेको हो । हङकङमा निन्तर भइरहेको सरकारविरोधी गतिविधि चीनलाई विभाजन गर्ने उद्देश्यमा परिणत हुँदै गएपछि सीले कडा चेतावनी दिएका हुन् ।

चीनलाई विभाजन गर्न खोजे शरीरहरु कुल्चने र हड्डीहरु तोडिने अवस्था आउने चेतावनीपछि हङकङमा चीनले अझ कडा नीति लिनसक्ने अवस्था बनेको छ । कुनैबेला बेलायतको शासन रहेको हङकङ चीनलाई फिर्ता गरिएपछि त्यहाँ स्वतन्त्र देश बनाउने प्रयास भइआएको छ । चीनले एक चीन दुई नीति बनाएर शासन गर्दै आएको छ ।

पछिल्लो समय हङकङमा सरकारविरोधी गतिविधिले हिंसात्मक रुप लिएपछि स्थिति असामान्यतर्फ बढेको छ । यसले त्यहाँ थप हिंसा बढाउन सक्ने आशंका गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्