Logo

केन्याली म्याराथुन धाविकाले तोडिन् विश्वकिर्तिमान



केन्याली धावक इजिउड किम्चोगेले मानव इतिहासमा कोरेको नयाँ किर्तिमान सँसारभर चर्चामा छ । दुई घन्टाभन्दा कम समयमा उनले म्याराथुन पूरा गरेर सँसारमा मानवको लामो दूरीको दौड क्षमतामा वृद्धि गरेर देखाए ।

किम्चोगेले किर्तिमान बनाएको दुई दिनपछि केन्याली ब्रिगिड कोसगेईले १६ वर्ष अघि बनेको म्याराथुनको महिलातर्फको विश्व किर्तिमान तोडेकी छिन् । उनले दुई घन्टा १४ मिनेट र चार सेकेन्डमा दौड पूरा गरेर सन् २००३ मा बेलायती धाविका पाउला रेडक्लिफले बनाएको किर्तिमान तोडेकी हुन् ।

सिकागोमा भएको म्याराथुन प्रतियोगितामा विश्व किर्तिमान कायम गर्ने क्रममा उनी कम उमेरमा उक्त प्रतियोगिता जित्ने धाविका समेत बनेकी छिन् ।-एजेन्सी

Photo Source: Agencies



प्रतिक्रिया दिनुहोस्