Logo

नाइजेरियासँग खेलेको १२ औं मिनेटमै नियमार यसरी भए घाइते



ब्राजिल नाइजेरियासँग मुश्किलले बराबरमा रोकिएको छ । सिंगापुरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा उसले आफ्ना स्टार स्ट्राइकर नियमारको चोटको प्रभाव भोग्नुपर्यो ।

गएराति भएको खेलमा नियमार १२ औं मिनेटमा मैदान छाड्न वाध्य भए । एन्कलको चोटले बल्ल मैदानमा जम्न थालेका नियमारलाई मांशपेशीको समस्या भयो ।उनी विस्तारै हिंड्दै मैदान छाड्न वाध्य भएका थिए । खेलकौशल देखाउँदै गर्दा उनी एक्कासी मैदानमा लडे । प्रशिक्षकलाई अर्को खेलाडी पठाउन भने । उनी विस्तारै हिंड्दै मैदान छाड्न वाध्य भएका थिए ।

 

नियमारको खेल हेर्न सिंगापुर पुगेका दर्शकहरु निशार बने । खेलमा पूरा समय नाइजेरियामाथि हावी भएपनि पहिलो हाफमा ब्राजिलले गोल खाएको थियो । उसले दोस्रो हाफको शुरुमै गोल फर्काएर खेल बराबरीमा रोक्यो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्