Logo

सान्चेज घाइते



चिलीका स्ट्राइकर एलेक्सी सान्चेज घाइते भएका छन् । गएराति कोलम्बियासँगको मैत्रीपूर्ण खेलमा उनी घाइते भएका हुन् ।

खेलको अन्ततिर सान्चेज घाइते भएर मैदानबाहिर लगिएका थिए । ३० वर्षीय सान्चेजको बायाँ एन्कलमा समस्या आएको छ ।
म्यानचेस्टर युनाइटेडबाट खेल्ने सान्चेज घाइते भएपछि क्लबमा चिन्ता छाएको छ । क्लबको यसै पनि यस सिजनमा प्रदर्शन राम्रो छैन । –एजेन्सी

Photo Source: yahoo



प्रतिक्रिया दिनुहोस्