Logo

सिन्धुपाल्चोक दुर्घटनाः पेटबाट मृत शिशु निकालेपछि आमाको ज्यान बच्यो



काठमाडौं, २७ असोज । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ ।

इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो । आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्