Logo

मेस्सीविना छ खेलाडीको छ गोल, अर्जेन्टिनाको इक्वेडरमाथि सानदार जीत



छ खेलाडी छ गोल । १३ अक्टोबरमा स्पेनमा भएको मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि छ गोल गर्दा छ खेलाडीले गोल गरेका हुन् । पछिल्लो समय खराब प्रदर्शन गरिरहेको अर्जेन्टिनाका लागि इक्वेडरमाथिको सानदार जीतले नयाँ हौसला थपेको छ ।

फुटबल इतिहासमा छ खेलाडी प्रत्येकले एक एक गोल गरेको यो स्मरणीय बन्यो । मेस्सीविना मैदानमा उत्रिएको अर्जेन्टिनाले २० औं मिनेटमा लुकास अलारियोको सशक्त हेडमार्फत् पहिलो गोल गर्यो । जोन इस्पिनोजाले दोस्रो गोल गरे ।

लियनाड्रोले पेनाल्टीमार्फत तेस्रो गोल गरे । चौंथो गोल जर्मेन पेजालाले गर्दा निकोलास डोमिनिगुइजले पाचौं गोल गरे । लुकास ओकाम्पोसले छैंठो गोल गरे । इक्वेडरका लागि एन्जेल मेनाले एकमात्र गोल गरे । –एजेन्सी



प्रतिक्रिया दिनुहोस्