Logo

सीको आगमनले भ्रमण वर्षलाई उर्जा



काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले आसन्न नेपाल भ्रमण वर्षलाई भने ऊर्जा थप्ने भएको छ। नेपाल भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि नेपालको भ्रमण वर्ष २०२०लाई सफल बनाउन बढिभन्दा बढि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा जान आह्वान गरेका छन् ।

राष्ट्रपति सीले नेपालको भ्रमण गरेसँगै नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आगमन बढ्नेसरोकारवाला तथा स्थानीय व्यवसायीले आकलन गरेका छन् ।

“नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सन् २०२० को अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्नेछौं।” राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आरोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै सीले आफ्नो भनाई राखेका छन् ।

शनिबार नेपालीभनेका छन्,नेपालमा रहेको लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो भने चीनमा बुद्ध धर्मावलम्बीहरूको संख्या संसारमै सबैभन्दा बढी छ । आजको कारोबार दैनिकमा दीपेन्द थापाले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्