Logo

“कृ” द्वन्द्व निर्देशक चन्द्र भोजपुरी चलचित्रमा रमाउँदै



द्वन्द्व निर्देशकको विधामा केही अवार्ड पाएका नेपाली चलचित्र “कृ” का निर्देशक चन्द्र पन्त अहिले भोजपुरी चलचित्र निर्देशनमा रमाई रहेका छन् । गतवर्ष उनको निर्देशनमा बनेको भोजपुरी चलचित्र “निरहुवा चलल लण्डन” को सफलतापछि अहिले उनको भोजपुरी फिल्ममा माग बढेको हो । उनको निर्देशनमा बन्न लागेको दुई भोजपुरी फिल्मको हालै औपचारिक निर्माण घोषणा गरिएको छ ।

चन्द्र पन्त निर्देशित “रण” र “माही” नामका दुई चलचित्रमा भोजपुरी सुपरस्टार आनन्द ओझा र काजल राघवानीको जोडी बाँधिएको छ । निर्देशक पन्तकै कथा रहेको दुवै चलचित्रहरु लभस्टोरी–एक्सन जनरामा निकै ठूलो बजेटमा निर्माण हुने जनाइएको छ । चलचित्र “रण” को भारत र नेपालमा छायांकन हुनेछ भने चलचित्र “माही” को इटली र लण्डनमा हुने निर्देशकले जनाएका छन् । निर्देशक पन्तले फिल्महरु उत्कृष्ट बनाउने दाबी गरेका छन् ।

अरूण कुमार मिश्रा र रितेश वन्दनाले निर्माण गर्ने फिल्मको सह–निर्मातामा ज्योति दिनेश पाण्डे, किरण गुप्ता, अम्बे बालाजी लग्स्टिक र डी. एस. तिवारी छन् । दुबै फिल्ममा धनन्जय मिश्राले संगीत भर्नेछन् ।

आफुलाई नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा चिनाएका पन्तले चलचित्र “रावण” बाट करिअर सुरुवात गरेका हुन् । उनी द्वन्द्व प्रशिक्षणका लागि नेपालबाट अमेरिका जाने पहिलो द्वन्द्व निर्देशक समेत हुन् । Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्