Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण धेरै हिसाबले सफल र फलदायी भयो : डा. भट्टराई (भिडियोसहित)



काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला जानकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । सीको भ्रमण सकिएलगत्तै प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलाले जनता जान्न चाहन्छन् कार्यक्रमका लागि गरेको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण धेरै हिसाबले सफल, फलदायी भयो ।’ भट्टराईले सीको भ्रमणलाई ऐतिहासिक भ्रमणको संज्ञा दिए । उनकाअनुसार सीको भ्रमणले नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्धलाई उचाईमा पुर्याउन महत्वपूर्ण भएको छ । सीको भ्रमणको क्रममा राजनीतिक रुपमा जसरी कुराकानी भएका छन्, त्यसले विश्वासको वातारण सिर्जना गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्