Logo

युवकको कोठामा भेटियो पेस्तोल सहित खैरो हिरोइन



सुनसरी, २७ असोज । प्रहरीले लागुऔषध कारोबारी गर्ने एक जनालाई हातहतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ९ डेरा गरी बस्ने कोशी गाउँपालिका ३ स्थायी घर भएका निरज कुमार राउत रहेका छन् । उनलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित २६ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

राउतको साथबाट पेस्तोल एक थान, म्याग्जिन एक थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन सात ग्राम, नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र एक थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट एक थान र मोबाइल दुई थान प्रहरीले बरामद गरेको छ ।

राउतले लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्