Logo

आचार्य बालकृष्णका लागि पीडाको वर्षः विषकाण्ड देखि सम्पत्ति गुम्यो



यो वर्ष आचार्य बालकृष्णका लागि पीडाको वर्ष बनेको छ उनको ज्यान लिने षड्यन्त्र भयो । आफ्नै सहकर्मीले उनको हत्या प्रयास गरे । उनी धन्न बाँचे ।

नेपाली मूलका भारतीय अर्बपति आचार्यको यसवर्ष सम्पत्ति ह्वात्तै घट्यो । यो हदसम्म सम्पत्ति घटेपछि आचार्यमाथि तनाव थपिएको छ ।
पतञ्जली आयुर्वेदका प्रमुख बालकृष्णको सम्पत्ति दुई तिहाईले घटेको हो । फोर्बस् म्यागाजिनले २४ असोजमा जनाए अनुसार सन् २०१७ मा २।५ अर्ब डलर कुल सम्पत्ति रहेकामा सन् २०१९ मा १।४ अर्ब डलरमा सिमित भएको छ । यद्यपि उनी भारतको सर्वाधिक सय धनीको सूचिभित्र परेका छन् ।

फोर्बस् म्यागाजिनका अनुसार पतञ्जली आयुर्वेदको उत्पादन विक्री घटेकाले सम्पत्ति पनि घटेको हो । आचार्यले पतञ्जलीको सम्पत्तिमा ९८।५ प्रतिशत हिस्सा राख्छन् ।

सम्पत्ति ह्वात्तै घटेपनि ४७ वर्षीय आचार्य भारतको ९७ औं धनीको सूचीमा परेका छन् । भारतको नागरिकता लिएका उनी अविवाहित छन् । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्