Logo

कुल आचार्यको दाबी : मलाई अग्रज तथा पूर्व अध्यक्षहरुको समर्थन छ (भिडियोसहित)



काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भोलिबाट सुरु हुने नवौं महाधिवेशनमा संघको अध्यक्षको उम्मेद्धवार कुल आचार्यले आफूलाई सबै अग्रज तथा पूर्व अध्यक्षहरुको साथ र समर्थन रहेको बताएका छन् । आइतबार राति प्राईम प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्षका उम्मेद्धवार आचार्यले यस्तो दाबी गरेका हुन् । उनले आफू विजयी हुनेपनि दाबी गरेका छन् ।

आचार्यले संघको अधिवेशन नजिकिएसँगै चुनावको प्रचारप्रसारमा आफू खटिएको सुनाए । तर, उनले यसलाई नेपालीको बानी नै भएको बताए । उनले आफू संघमा लामो समयदेखि लागिपरेको व्यक्ति भएको सुनाउँदै भने,‘जहाँबाट एनआरएनए सुरुवात भयो बेलायत, त्यहाँबाट म निरन्तर १२ वर्ष भयो संघको अभियानमा लागेको छु । मेरो अभियान, सीप, क्षमतालाई संघको नेतृत्वमा आएर उपयोग गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस्