Logo

सेनाले खोजिरहेको व्यक्तिलाई सूचना चुहाएर तत्कालिन आइजीपीले घरमा लुकाएको खुलासा



काठमाडौं, २७ असोज । नेपाली सेनाले खोजिरहेको सूचना दिएर एकजना तत्कालिन आइजीपीले सशस्त्र गतिविधि गरिरहेको माओवादीलाई सहयोग गरेका एक व्यक्तिलाई आफ्नै घरमा लुकाएको खुलेको छ । यो घटना माओवादीको सशस्त्र गतिविधिको समयको हो ।

सशस्त्र प्रहरीका तत्कालिन आइजीपी सहवीर थापाले अधिकारवादी डा. के वि रोकायालाई आफ्नै घरमा लुकाएका थिए । रोकायाले एपी न्युज अनलाइन टेलिभिजनलाई अन्तवार्ता दिदै सहवीर थापाले घरमै लुकाएको खुलासा गरेका हुन् ।

‘तपाईंलाई सेनाले खोजिरहेको छ त्यसैले घरमा नबस्नुहोस्,’ डा. रोकायाले खुलाए, ‘उहाँले कुलेश्वरस्थित घरमै बोलाएपछि म केही दिन त्यहीं बसें ।’ आफू सानेपामा बस्ने गरेको भन्दै तत्कालिन माओवादीलाई निकै सहयोग गरेको समेत बताए ।

पछिल्लो समय एकपछि अर्को विगतका सनसनीपूर्ण खुलासाहरु गरिरहेका रोकायालाई कुनैबेला माओवादी समेत भनिन्थ्यो । कुनैबेला एसएलसीमा बोर्ड ल्याएका उनी अध्यापन समेत गराउँथे । रोकायाले मानवअधिकारवादीका रुपमा देखिएर तत्कालिन माओवादीलाई विशेष सहयोग पुर्याएको खुलासा समेत गरे । File Photo



प्रतिक्रिया दिनुहोस्