Logo

खुकुरी हान्ने पक्राउ



दाङ, २७ असोज । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ६ पहाडीपुर बस्ने निम बहादुर वली रहेका छन् । सोही गाउँपालिका बस्ने प्रकाश थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २६ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको कारणले वलीले थापालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर पश्चात ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले वलीलाई खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाइते भएका थापालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्