Logo

नेकपा सचिवालय बैठक भोलि, सभामुख को बन्छ ?



काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि अपरान्ह बस्ने भएको छ । आज विहान भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले सचिवालय बैठकको मिति तय गरेको हो ।

स्रोतकाअनुसार ओली र दाहालबीच आज लामै छलफल भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि अध्यक्षद्धयले निश्कर्ष निकालेका छन् । भोलि बस्ने सचिवालय बैठकमा सीको नेपाल भ्रमणको समिक्षा, पार्टी एकताका बाँकी काम र सभामुखका निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

भोलि बस्ने सचिवालय बैठकमा प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बुझिएको छ । यौन दुव्र्यवहारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा छन् । नेकपाले सभामुख नछोड्ने भएको छ । अहिले नेकपाकै तर्फबाट डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । उनलाई राजीनामा गर्न लगाएर नेकपाले सभामुखमा उम्मेद्धवारी दिने तयारी गरेको छ । स्रोतकाअनुसार सभामुखमा नेकपाले सुवासचन्द्र नेम्वाङ, देव प्रसाद गुरुङ, ओनसरी घर्तीमगर र टोपबहादुर रायमाझी मध्ये एक जनालाई अघि सार्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्