Logo

गौतम अडानी कसरी भारतको दोस्रो धनी भए



५७ बर्षीय गौतम अदानी भारतीय नागरिक हुन् । उनलाई पोर्ट टाईकून पनि भनिन्छ । उनको स्थाई बसोबास भारतको अहमदाबाद शहरमा रहेको छ । उनको मुख्य आयश्रोत विभिन्न प्रकारका कच्चा पद्दार्थ र वस्तुहरू हुन् । साथै पूर्वाधारको निर्माणमा उनको रुचि रहेको छ ।

अदानी आफै मेहेनतले स्थापित भएका हुन् । २०१९ मा फोर्ब्सले सार्वजनिक गरेको विश्व र भारतको धनी व्यक्तीको सूचीमा उनी ४५३ नम्बरमा आएका उनी भारतको दोस्रो धनी व्यक्तिको सूचीमा परेका छन् । अदानी कलेज ड्रपआउट हुन् । उनले १९८८ मा कमोडिटी एक्सपोर्ट फर्म स्थापना गर्न आफ्ना बुवाको कपडा पसललाई टेवा दिएका थिए । उनको सम्पत्ति पौने १६ अर्ब डलर रहेको फोर्ब्सले सार्बजनिक गरेको छ । पोर्ट टाइकुन गौतम अदानीले भारतको सबैभन्दा ठूलो मुन्द्रा पोर्टलाई उनको आफ्नै राज्य गुजरातमा नियन्त्रण गरेका छन् ।

अडानी समूहको रुचि विद्युत उत्पादन र प्रसारण, खाद्य तेल, घर जग्गा र रक्षामा समावेश रहेको छ । यस समूहमा करिब १३ अरब डलर (राजस्व) रहेको छ । उनि अचानक यस बर्ष भारतीय धनि मध्ये दुई नम्बरमा पर्नुको कारण उनको एक पोर्ट अस्ट्रेलियामा हुनु हो । अष्ट्रेलियामा उसको सबै भन्दा ठूलो सम्पत्ति एबट प्वाइन्ट पोर्ट र कार्मिकल कोइला खानी पर्छ । यस कारण पनि अदानी भारतीय दोस्रो धनीको सूचीमा आएका हुन् । ९ बर्षको प्रतिक्षा पछि उनले अस्ट्रेलियाको कोइला खानीमा काम सुरु गर्ने जून २०१९ मा अनुमति प्राप्त गरेका थिए । अदानीले भर्खरै दुई नयाँ उद्यमहरूमा विस्तार गरेका छन् । जसमा एयरपोर्ट र डाटा केन्द्रहरू रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्