Logo

एघार जुवाडे पक्राउ



काठमाडौं, २७ असोज । जुवातास खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ४ पासिकोट बस्ने शिवराम भण्डारी लगायत ११ जनालाई २६ असोजको राति पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र एक बुक तास बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्