Logo

एनआरएनए नवौं महाधिवेशन भोलिदेखि, मुख्यालयमा चहलपहल (फोटोफिचर)



काठमाडौं, २७ असोज । गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि यसपटक कडा प्रतिष्पर्धा हुने भएको छ । वर्तमान उपाध्यद्धय कुमार पन्त र कुल आचार्यले अध्यक्षको लागि उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् ।

नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १र१ जना निर्वाचित हुनेछन् ।

प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १र१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १र१ जनाका दरले ६र६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ । तस्विर : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्