Logo

बाइस जुवाडे पक्राउ



कास्की, २७ असोज । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका ६ बैदाम बस्ने खिमलाल पहारी लगायत १५ जनालाई २६ असोजको राति पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ६ लाख १० हजार रुपैयाँ र कौडा ३२ थान बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका १३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका १३ वुडुवा मार्ग बस्ने सूर्य बहादुर कार्की लगायत सात जनालाई नगद ४९ हजार ५ सय ६० रुपैयाँ र चार बुक तास सहित २६ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्