Logo

नयाँ ब्ल्याक होलको आवाज सुनियो



भर्खर जन्मिएको ब्ल्याक होलले ध्वनि उत्पादन गरेको छ । वैज्ञानिकहरुले नयाँ बनेको ब्ल्याक होलको आवाज सुनेका छन् । यसको आवाज घुमीरहेको बेलामा आएको हुदा वैज्ञानिकहरुले सुन्न सफल भए । विश्व प्रख्यात वैज्ञानिक आइन्स्टाइनको समीकरणहरूले गरेको भविष्यवाणी सहि रहेको पुष्टि गरेका छन् । यस्तो नयाँ ब्ल्याक होलको आवाज पहिलो पटक वैज्ञानिकहरुल सुनेका हुन् ।

नवजात ब्ल्याक होलको द्रव्यमान, स्पिन, र इलेक्ट्रिक चार्जको कारण यसलाई सुन्न सफल भए । यसलाई अनुसन्धान कर्ताहरुले “कपाल” भनेर सम्बोधित गरेको छ । ब्ल्याकहोल आपैmले नयाँ ब्ल्याक होलले निल्ने क्षमता राखेको छ । पहिलो पटक आइन्स्टाइनको सामान्य सापेक्षतालाई सहि भनेर अनुसन्धान कर्ताहरुले पुष्टि गरेका छन् । वैज्ञानिकहरूले लेजर इंटरफेरोमीटर गुरुत्वाकर्षण–तरंग वेधशाला द्वारा पहिलो पटक गुरुत्वाकर्षण तरंगहरूको पहिचान गरेक छन् । अन्तरिक्षको अनन्त लहर, हिंसात्मक घटना कसरी उत्पन्न हुने कुराको पत्ता लगाएका छन् ।

ब्रह्माण्डको संकेतलाई आवाजमा परिणत गर्दा उक्त आवाजको द्वानी सुनेको जनाएका छन् । दुई ब्ल्याक होल एक आपसमा टक्कर खाएपछि एक नयाँ ब्ल्याक होलको निर्माण हुँदा उक्त आवाजको सिर्जना भएको जनाएका छन् । जसले आफ्नै गुरुत्वाकर्षण–तरंग उत्पन्न गर्ने क्षमता राखेको छ । आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तले ब्ल्याक होलको गुरुत्वाकर्षण तरंगहरूको पिच र क्षयले यसको द्रव्यमान र स्पिनको प्रत्यक्ष उत्पादन गर्छ । जसकारण ध्वनि उत्पन्न हुन्छ । –एजेन्सी  Photo Source :  Ars Technica 

 



प्रतिक्रिया दिनुहोस्