Logo

सुनको मुल्य फेरी घट्यो



काठमाडौं,२७ असोज । दशैं सकिए लगत्तै सुनको भाउमा थोरै  गिरावट आएको छ । सोमबार छापावाल सुनको भाउ आइतबारको तुलनामा तोलामा सय रुपैयाँले घटेर ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य गत शुक्रबारदेखि स्थिर अवस्थामा नै छ । चाँदीको मूल्य तोलाको ८४५ रुपैयाँ कारोबार भइरहेको छ । चाडपर्वको समयमा सुनचाँदीको गहना बनाउनेहरुको घुइँचो लाग्ने गरेको भएता पनि यसपटक सुनको मुल्य लगातार आकाशिएको हुँदा सुनको ब्यापार खासै नभएको व्यापारीहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्