Logo

रिपोटर्स क्लव दाङको दशै मिलन तथा चियापान कार्यक्रम सम्पन्न



चार्डपर्व लक्षित सुरक्षा योजनाका कारण दशैमा अप्रिया घटना भएनन–प्रजिअ रिजाल

शरद रेग्मी : दाङ, २६ असोज । रिपोर्टर्स क्लव दाङको आयोजनामा दशै मिलन तथा चियापान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । हरेक बर्षझै यसबर्ष पनि रिपोर्टर्स क्लवले कोजाग्रत पूर्णिमाको दिन दशै मिलन तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता एव प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले यस बर्ष दशैमा कुनैपनि अप्रिय घटना दुर्घटना नभएको भन्दै जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न आफुलागेको बताए ।

उनले सम्भावित घटनालाई मध्यनजरगदै पर्वहरुमा सुरक्षा सतर्कता बढाएको बताए । साथै प्रमुख जिल्ला अधिकारि रिजालले दशैमा जस्तै आउदै गरेका चार्डपर्वहरुमा पनी जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफुहरुले लागि परेको दावि गरे । उनले तिहारमा जुवातास खेल्ने कार्य वढि हुने भन्दै त्यसलाई रोक्न आफुहरुलागि परेको बताए । साथै रिजालले जुवातास नियण्त्रणका लागि सहयोग पु¥याउन जिल्ला वासीहरुमा अनुरोध समेत गरे ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जिल्लामा यस बर्ष दशैमा कुनै घटना नहुनुमा जिल्ला वासी सवैको सहयोग रहेको बताए । आफुहरुले बनाएको चार्डपर्व लक्षित सुरक्षा योजनामा सम्पुर्ण जिल्ला वासिहरुले आ आफनो ठाउँबाट सहयोग पु¥याएको हुदा घटना तथा दुर्घटना नभएको बताए ।

साथै उनले जिल्लामा शान्ति सुरक्षा काम गर्न सहयोग पु¥याएको भन्दै सम्पुर्ण जिल्ला वासीहरुलाई धन्यबाद समेत दिए । सो अवसरमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार शुरेस हमाल , तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर वस्नेत , पुर्व अध्यक्ष चिरिञ्जीवि रिजाल, सम्राट सिमेन्ट उद्योगका डाईरेक्टर करण शर्मा , लायन्स क्लव अफ दाङका अध्यक्ष यज्ञ बहादुर केसी ,क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका अभियन्ता विमल रिजाल, रेडियो सञ्जिवनि संचालक समितिका उपाध्यक्ष कुशल तर्ताल , पत्रकार दुर्गालाल केसि लगाएतको रिपोटर्स क्लव दाङले जिल्लामा गरेका कामहरुको प्रशंसा गरेका थिए ।

साथै, उनीहरुले तुलसीपुर र घोराहिलाई मिलाएर महानगर वनाउनु भन्दा दुई वटा महानगर वनाउने र जिल्ला लाई राजधानि वनाउने अभियानमा लागि पर्न समेत क्लवलाई सुझाव दिएका थिए । रिपोटर्स क्लव दाङका सल्लाहकार नारायणि रजौरेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन क्वलका महासचिव बिमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्