Logo

यी देशमा प्रतिबन्ध छन् यी पाँच चीज



देशहरुको आफ्नो नियम र कानुन हुने गर्छ । यसले मानिसलाई नियन्त्रणमा राख्ने गर्दछ । सबै देशको आफ्नै संस्कृति र सभ्यता हुने गर्छ । तर यस्तो पनि ठाउँहरु छ जहाँ अनौठो प्रकारको कुराहरुको प्रतिबन्ध लगाइएको छ ।

१. बेबी वाकर :
बेबी वाकर प्रबिधि क्यानाडामा प्रतिबन्ध लगाइएको छ । वाकरलाई २००४ मा प्रतिबन्ध लगाएको थियो । बच्चाहरुलाई क्रल गरेर नै हिड्न सिक्दा राम्रो हुन्छ भन्ने त्यहाँको सरकारको धारणा रहेको छ । यदि बेबी वाकरलाई बेचेको वा किनेको देख्दा करिब एक लाख डलरको जरिवाना लाग्ने गर्छ ।

२. ब्यालेनटाइन्स डे :
विश्वब्यापी रुपमा १४ फरबरी को ब्यालेनटाइन्स डे हर्सो–उल्लाशको साथ् मनाउने गर्छन् । तर पाकिस्तान, इन्डोनेशिया र साउदी अरेबिया यस्ता देश हुन् जहाँ ब्यालेनटाइन्स डे माथी प्रतिबन्ध लगाइएको छ । मुस्लिम देश भएर उक्त दिनमा बिदा नदिने र यस प्रकारको माया दिवसले भगवानमा केन्द्रित नरहेर प्रेममा केन्द्रित भएको कारण यसलाई निषेधित गरिएको छ ।

३. चुइंगम :

चुइंगम प्रायः हरेक देशमा चपाउने गरिन्छ ।  यसलाई टाईम पासको रुपमा चपाइन्छ । भेट–घाटको क्रममा पनि आदान प्रदान गरिन्छ । तर सिंगापुरले चुइंगमलाई प्रतिबन्ध लगाएको छ । सिंगापुरले यसको आयातमा समेत प्रतिबन्ध लगाएको छ ।

चिकित्सको सल्लाह अनुसार मात्र प्रयोग गर्ने नियम राखिएको छ । चपाएको देखे बापत सरकारले करिब एक लाख सिंगापुर डलर दण्डित गर्ने निर्णय गरेको छ ।

४. हाई हिल्स :

हाई हिल अहिलेको आधुनिक युगका महिलाहरुलाई निकै आकर्षण गर्ने जुत्ता हो । यसलाई धेरै महिलाले लगाउन रुचाउछन् । अहिलेको फेसनको दुनियाँमा यसले राम्रै भूमिका खेल्ने गर्छ ।

तर, ग्रीस दुनियाँको यस्तो देश हो जहाँको केही स्थानहरुमा हाइ हिल प्रतिबन्ध छ । ग्रीसको ऐतिहासिक स्थानहरुमा हाई हिल लगाउन निषेधित गरिएको छ । हाई हिलमा रहेको चुच्चो धारले ऐतिहासिक स्थानको ठाउँलाइ बिगार्न सक्छन् भनेर ग्रीस सरकारको धारणा रहेको छ । यसकारण हाई हिल निषेध गरिएको छ ।

५. नीलो जिन्स :
नीलो जिन्स प्रायःजसो मानिसले लगाउने गर्छ र साथै महिलाहरु पनि लगाउन निकै रुचाउने गर्छ कम्पनीहरुले निलो जिन्स अत्यधिक मात्रामा बनाउने गर्छन । विश्वको हरेक कुनामा मानिसहरु लगाउन रुचाउछन् । तर उत्तर कोरिया निलो रंगको जिन्स लगाउन प्रतिबन्ध गरेको छ । निलो रंगको जिन्स बाहेक कुनै रंगको जिन्स लगाउन सकिन्छ । निलो रंगले अमेरिका राज्य दर्शाउछ भने उक्त देशको मान्यता रहेको छ । सो कारण यसलाई प्रतिबन्ध लगाइएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्