Logo

एनआरएनएको नवौं महाधिवेशनको तयारी पूरा, १५ सय प्रतिनिधि काठमाडौंमा



काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भोलिबाट सुरु हुँदैछ । उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि संघले जनाएको छ । सम्मेलको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । संघको आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघले आज पत्रकार सम्मेलन गरेर महाधिवशेनको तयारी पूरा भएको स्पष्ट पारेको छ । संघका वर्तमान महासचिव डा. बद्री केसीले सोमबार नवौं महाधिवेशनको नारा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ तय गरिएको जनाए । विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं अआईसेका छन् ।

उनकाअनुसार प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।



प्रतिक्रिया दिनुहोस्