Logo

प्रहरीले भैंसी समात्यो



पर्सा,२७ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २२ वटा भैंसी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टी स्थित अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ वटा भैंसी र ३ वटा पाडा २६ असोजमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका भैंसी जिल्ला प्रशासन कार्यालय पर्सामा राखिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्