Logo

अवैध सालको काठ बरामद



पर्सा,२७ असोज । प्रहरीले अवैध रुपमा रहेको सालको काठ बरामद गरेको छ । प्रहरी चौकी रंगपुर पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर खरकटि टोल स्थित बेवारिसे अवस्थामा रहेको अवैध सालको काठ २६ असोजको दिउँसो बरामद गरेको हो ।

प्रहरीले बरामद काठ लम्बाई ६ फिट मोटाई ४७ ईन्च भएको एक थान र लम्बाई ४ फिट मोटाई ४३ र ३५ ईन्च भएको गोलिया काठ दुई थान फेला पारी बरामद गरेको जनाएको छ ।

बरामद काठ जिल्ला बन कार्यालय पर्सामा बुझाईएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्