Logo

एनआरएनएको पत्रकार सम्मेलन, अध्यक्ष भट्ट किन फायर भए ?



काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । तर, आज अपरान्ह एनआरएनए मुख्यालय बालुवाटारमा अनौठो दृश्य देखियो ।

संघका वर्तमान अध्यक्ष भवन भट्ट निर्धारित समयमा पत्रकार सम्मेलनमा नआउँदा संघका अन्य पदाधिकारीले पत्रकार सम्मेलन सुरु गरेका थिए । अध्यक्ष भट्टको अनुपस्थितिमा महासचिव डा. बद्रि केसीले पत्रकार सम्मेलनको सुरुवात गरेका थिए । पत्रकारसँग पनि उनले नै सवालजवाफ गरेका थिए । भट्ट पुग्दा पत्रकार सम्मेलन सम्पन्न भएर पत्रकारहरु बाहिरिसकेका थिए ।

तर, भट्टले आफूलाई नकुरेको भन्दै उपस्थिति कार्यसमितिका पदाधिकारीसँग आफ्नो आक्रोश पोखेका थिए । लगत्तै, उनको उपस्थितिमा अर्को पत्रकार सम्मेलन भयो । उनले निर्धारित समयमा पत्रकार सम्मेलनमा आईपुग्न नसक्नुको कारणपनि उनले खुलाए । उनी यता मुख्यालयमा पत्रकार सम्मेलन जारी रहेको बेला सिंहदरबारस्थित् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए । प्राधिकरणका अधिकारीहरुसँग उनी लाप्राक बस्ती हस्तान्तरणबारे छलफलमा थिए ।

जतिबेला ‍औपचारिक पत्रकार सम्मेलन सकिएर पत्रकारहरु धेरैजसो बाहिरिसकेका थिए भने केही खाजा खाँदै थिए । भट्ट पुग्नुअघि भएको पत्रकार सम्मेलनमा गोरखामा एनआरएनएद्धारा निर्माण गरिएको लाप्राक वस्तीबारे वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्धवार कुमार पन्तले उत्तर दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्