Logo

महराले छ जनाबाहेकलाई रोक लगाउन भनेपछि…



काठमाडौं, २७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न खोज्नेको संख्या बढ्दै गएको छ । उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या बढेपनि महराले कसैलाई पनि भेट्न मानेका छैनन् ।

महराले छजना बाहेक कसैलाई भेट्न नपठाउनु भनेर सुरक्षाकर्मीलाई समेत भनेका छन् । रिपोर्टर्स नेपाललाई प्राप्त सूचना अनुसार महराले परिवारका सदस्य र स्वकीय सचिवबाहेक कसैलाई नपठाउनु भनेका छन् । उनले कसैलाई नभेट्ने भन्दै अस्पतालको कोठामा छिर्न नदिन भनेका छन् ।

महरालाई भेट्न जानेलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै फर्काउने गरेका छन् । उनीहरुले कुनै हालतमा भेट्न जान दिन नमिल्ने भनेर फर्काउने गरेका छन् । महरालाई पत्नी, छोराहरु र स्वकीय सचिव मात्र भेट्न पुगेका छन् । परिवारका सदस्यलाई पनि उनले कम आउन भनेका छन् । उनी प्रायः पुस्तक पढेर बस्ने गरेका छन् ।

संसदकी कर्मचारी रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएपछि महरालाई १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई चार दिन हिरासतमा राखेर स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्