Logo

चिनियाँ राष्ट्रपति फर्किएलगत्तै ओलीको मन्त्रि हटाउने तयारी किन



काठमाडौं, २७ असोज । दशैंको टीका चलिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएर विश्वभर तरंग ल्याउने गरी बोलेर गए । उनी फर्किएलगत्तै नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिहरु हटाएर नयाँ खोज्न सक्रिय भएका छन् ।

२३ वर्षपछि नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति आएर फर्किएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बोलाएर मन्त्रिमण्डल हेरफेरको तयारीबारे परामर्श गरे । यसलाई राजनीतिकवृत्तमा अर्थपूर्ण मानिएको छ ।

विगतमा भारतबाट कुनैपनि अधिकारी नेपाल आउँदा वा फर्किएलगत्तै कुनै सानो राजनीतिक घटना घटेमा भारतको प्रभावको विषय उठ्थ्यो । यसपटक सी जिनपिङको भ्रमणपछि मन्त्रिमण्डल हेरफेरको विषय उठ्दा भने त्यसबारे कुनै ध्यान गएको देखिदैन । यसको मुख्य कारण नेपालको राजनीतिमा को कुन पदमा पुग्नेबारे चिनियाँ पक्षले खासै चासो दिदैन भन्ने आम धारणा रहेकाले हो ।

भारतीय पक्षको भूमिका धेरै उजागर हुनेगरेको र चिनियाँ पक्षको नहुनुले पनि यस्तो हुनेगरेको हो । चीनसँग भन्दा भारतसँग भाषा र संस्कृति बढी मिल्ने र भूगोलले पनि निकटता बढाएकाले कुनैपनि भारतीय नेताको आगमनले यहाँ ठूलै उथलपुथल हुने विश्वास हुनेगरेको छ । विगतमा केही यस्ता घटना नभएका होइनन् । तर, चीनको चासो नेपालमा बढ्दै जाँदा उत्तरबाट हुने भ्रमणले केही न केही राजनीतिक प्रभाव हुनेगरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्