Logo

सत्तारुढ नेकपासँग झस्कियो अमेरिका



रिपोर्टर्स नेपाल, २७ असोज । नेपाल मामलामा अमेरिका झस्किएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट खुलेआम अमेरिकाको चर्को विरोध हुनथालेपछि अमेरिका झस्किएको हो ।

अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक नीतिमा सत्तारुढ दलका प्रभावशाली नेताहरुको विवादास्पद भनाईहरु आएका छन् । नेकपा अध्यक्ष प्रचण्डले इन्डो प्यासिफिक नीतिको आलोचना गरे । प्रमुख सचेतक देव गुरुङले चीन र भारतलाई घेर्ने र यस क्षेत्रमा युद्धको अवस्था ल्याउन खोजेको आरोप लगाए । इन्डो प्यासिफिक नीति चीनप्रति लक्षित योजना भनी प्रचार भयो ।

चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजनिक हुनेगरेको ग्लोबल टाइम्सले अमेरिकालाई नेपाल मामलामा कडा चुनौती दियो । अमेरिकाको इन्डो प्यासिफिक नीतिलाई खोक्रो गफको संज्ञा दियो । उसले बीआरआई कुनै देश विशेषको प्रभाव घटाउने बढाउने लक्षित नीति नभएको भन्यो ।

चीनको इन्डो प्यासिफिक नीतिप्रति कडा भनाईहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा आइरहँदा त्यही शैलीमा नेकपाका प्रभावशाली नेताहरु बोल्नुले चीनलाई झस्काएको छ । राजदूत रेन्डी बेरीले यीनै अभिव्यक्तिप्रति लक्षित गरी इन्डो प्यासिफिक नीति कुनै देशप्रति लक्षित नभई विकासको योजना रहेको बताए । यसमा कुनै पनि देशलाई अनिवार्य सहभागी हुन वाध्य नपारिएको भन्दै नीतिको बचाऊ गरे । उनले सत्तारुढ दलभित्रबाट इन्डो प्यासिफिकप्रतिको धारणा र आलोचनाप्रति लक्षित गरी गलत बुझाई भइरहेको सुनाए ।

चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउनु ठिक पूर्व बेरीले इन्डो प्यासिफिक नीतिबारे प्रष्टिकरण गरे । नेपालमा अमेरिका विरोधी भावना जगाउन खोजिएकोतर्फ लक्षित गरी उनको धारणा बाहिर आएको हो । सत्तारुढ दलभित्रबाट अमेरिकाविरोधी गतिविधिहरु बढ्दै गएको आशंका नबढेको होइन । भेनेजुएला प्रकरण हुँदै इन्डो प्यासिफिक नीतिमा सत्तारुढ नेकपाका कतिपय नेताहरुको धारणा अमेरिकाप्रति नकारात्मक बनेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्