Logo

सुजाताले किन सम्झिईन् गिरिजाबाबुलाई ?



युवा पुस्तालाई अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौं, २७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सहमति, सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने स्पष्ट पारेकी छिन् ।

सोमबार गिरिजाप्रसाद कोइराला फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको प्रदेश, जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ‘प्रशिक्षण कार्यक्रम’मा बोल्दै उनले लोकतन्त्र बलियो भए मात्र मुलुकको विकास हुने बताईन्।

उनले भनिन्,“गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनुभएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र र गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउँछ ।” कोइरालाले लोकतन्त्रलाई बलियो बनाउनका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

फाउण्डेशनको अमेरिका शाखाका संयोजक सोमनाथ घिमिरेले फाउण्डेशनले गिरिजाबाबुको योगदानलाई विश्वमाझ फैलाउन नयाँ पुस्तालाई तालीम र अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्