Logo

पूर्व आइजीपी श्रेष्ठ तिलिचो ताल र उपल्लो मुस्ताङ साइकलमै सरर



रिपोर्टर्स नेपाल, २७ असोज । सेवानिवृत्त भएपछि उच्च सरकारी अधिकारीहरु प्रायः पदकै पछाडि दौडिएको देखिन्छ । संवैधानिक निकायमा नियुक्ति देखि विदेशी संस्थामा परामर्शदाता बन्न दौडधूप गर्छन् । तर, सशस्त्र प्रहरी बलका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठले सेवानिवृत्त जीवन पृथक तरिकाले बिताइरहेका छन् ।

साइकलका सौखिन श्रेष्ठ पहाड र हिमाल साइकल यात्रामा बढी समय बिताइरहेका छन् । अघिल्लो महिना मानसरोवर पुगेर फर्किएका उनी दशैंको समय पारेर मनाङ र मुस्ताङ पुगेका छन् त्यो पनि साइकलमा । केही साथीहरुसँग श्रेष्ठ मनाङको तिलिचो तालसम्म पुगे । विश्वकै अग्लो स्थानमा रहेको तालसम्म साइकल लिएर पुगे ।

पूर्व आइजीपी श्रेष्ठ मुस्ताङ पनि पुगे । उनी साइकलमै उपल्लो मुस्ताङ पुगे । पाँच हजार मिटरभन्दा उचाईमा साइकल लिएर पुगे । तिलिचो पुगेपछि उनले साइकल बोकेर तालको सुन्दर दृश्यमा तस्बिर खिचे ।

संगित साधनामा समेत लागेका श्रेष्ठ काठमाडौं रैथाने नेवार समुदायका हुन् । सादा जीवन उच्च विचारका श्रेष्ठले जीवनलाई सामान्य बनाएका छन् । हरेक विहान साइकल चढ्छन् । बेला बेलामा हिमाल र पहाडको यात्रा गर्छन् । उनी यात्री जस्तै भइसके ।

तस्बिर स्रोतः सिंहबहादुर श्रेष्ठको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्