Logo

भवन भट्टको साथ कुमार की कुललाई ?, आयो यस्तो सन्देश (भिडियोसहित)



काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्ष भवन भट्टले संघको नवौं महाधिवेशनमा नेतृत्वको लागि आफूले अहिलेपनि सर्वसम्मतीको प्रयास गरिरहेको बताएका छन् । संघको महाधिवेशनको उद्धघाट्नको अघिल्लो साँझ प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष भट्टले आफू अहिलेपनि अध्यक्षका दुवै उम्मेद्धवार कुमार पन्त र कुल आचार्यबीच सहमतिको लागि प्रयास गर्ने विश्वास दिलाए ।

उनले आफ्नो दुई वर्षे कार्यकाल पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् । तर, उनले आफू आफ्नो कामबाट सन्तुष्ट भने नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्